29.1 C
Kathmandu

परिसंघ र महासंघवीच अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता

काठमाडौं / नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघवीच अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन्।

परिसंघ सचिवालयमा शुक्रबार नेपाल उद्योग परिसंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागतका लागि आयोजिना गरिएको कार्यक्रमा दुवै संस्थाले यस्तो ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान समयमा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले सुधारका लागि र निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता संगठनहरूवीच सहकार्यको आवश्यकता रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा विद्यमान चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताउँदै
निजी क्षेत्रले उठाएका यस्ता साझा विषयमा सरकारले गम्भिरता पूर्वक लिनु पर्ने बतयउ ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यहरूलाई स्वागत गरेका थिए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार