29.1 C
Kathmandu

वैशाख ३० मा हुने चुनावले अर्थतन्त्र चलायमान बनाउने, आर्थिक बृद्धिको लक्ष्य पूरा हुने संकेत

काठमाडौं । संविधान जारीपछिको दोस्रो पटक स्थानीय निर्वाचन घोषणा भएको छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ ।

चुनावले अर्थतन्त्र चलयमान बनाउँछ । यो वर्ष सरकारले ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको भएपनि खर्च कम हुँदा आर्थिक बृद्धिको लक्ष्य पूरा नहुने उ्रल्लेख गरिएको थियो ।

चुनाव घोषणा भएपछि देशको अर्थतन्त्र चलायमान हुने छ । यो वर्ष चुनावकै कारण आर्थिक बृद्धिको लक्ष्य पनि पूरा हुने अनुमान गर्न थालिएको छ । यस अघि पनि चुनावी वर्षमा उल्लेख्य रुपमा आर्थिक बृद्धि हुने गरेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । २४ माघमा बसेको मन्त्रिपरिषदले ९५ दिनको समय राखेर स्थानीय निर्वाचनको मिति तय गरेको हो ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको भएपनि सरकारले भने एकै चरणमा निर्वाचन गर्ने निर्णय गर्यो ।

सत्तारुढ पाँच दलीय गठबन्धनले भने ४ जेठभित्र निर्वाचन गर्ने अनौपचारिक सहमति गरेको थिए । तर, निर्वाचन घोषणा भने ५ दिन अगाडिलाई नै गरेको छ ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।

४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।

निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग त्यसको तयारीमा जुटिसकेको छ । अयाोगले तोकिएको समयमा निर्वाचन गराउन आवश्यक तयारी गरेर अगािड बढीसेकको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार