29.1 C
Kathmandu

क्यान्सरका विरामीलाई यती एअरलाइन्समा निःशुल्क हवाई टिकट

काठमाडौं । विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट) मा उपचारका लागि यात्रा गर्ने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले आज (फागुन २८) बाट निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ ।

विराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ । उपचारका लागि यात्रा गर्ने विरामीको लागि यो सेवा उपलब्ध गराइने एअरलाइन्सले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचना अनुसार विरामीहरुले क्यान्सरको उपचार गराउन डाक्टरको अप्वाइन्टमेन्ट लिइसकेपछि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गरेर टिकट बुकिङ्ग गर्नसक्ने छन् । यसका लागि यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने छ ।

विशेषज्ञ चिकित्सकहरुद्वारा क्यान्सरको विरामी भएको प्रमाणपत्र वा परिचयपत्र लिनका लागि विरामीहरुले विराट क्यान्सर इन्टिट्युटमा सम्पर्क गर्न सक्ने बताइएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार