23.1 C
Kathmandu

कामना सेवा विकास वैंकको १२.१२ सार्वजनिक

काठमाडौं/  कामना सेवा विकास वैंक लि.ले कर्जाको लागि नयाँ व्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । वैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्र्तगत सरल व्यापार कर्जा र विद्युतिय सवारी साधन खरिद गर्दा वैंकले १२.१२ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

वैंकका अनुसार आवासिय घर निर्माणको लागि कर्जा लिदा अधिकतम ३० वर्षको लागि डेढ करोड सिमा भित्र रहने गरि धितो मुल्याङ्कीत रकमको ६० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ । त्यसैगरी सरल व्यापार कर्जामा धितो मुल्याङ्कीत रकमको ८० प्रतिशत सम्म मासिक व्याजमात्र तिर्ने वा मासिक किस्तावन्दीमा भुक्तानी गर्ने गरि कर्जा उपलव्ध हुने वैंकले जनाएको छ । त्यस्तै गरि विद्युतिय सवारी साधन खरिदमा खरिद मुल्यको ८० प्रतिशत सम्म कर्जा उपलव्ध हुने वैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए । नायव प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार वैंकले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पुर्ण कागजात पेश गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ ।

कम ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकहरुलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकले देशव्यापी १३५ वटा संजालहरु मार्फत ग्राहक महानुभावहरुलाई यो सेवा प्रदान गर्ने छ । बैकले समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने लिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार