23.1 C
Kathmandu

मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक, अर्थतन्त्र चलायमान बनाउनुपर्ने मौद्रिक नीति कसिलो कि लचिलो ?

राष्ट्र बैंकले आइबार चालू आर्थिक वर्ष २०८०/८१ को मुद्रा सम्बन्धीको एक वर्षे व्यवस्था अर्थात मौद्रिक नीति सार्वजनिक गर्दै छ । चालू आवको बजेटले दिएको आर्थिक बृद्धि हासिल गर्ने र मूल्य बृद्धिलाई वाञ्छित सीमाभित्रै राख्ने गरी मौद्रिक नीति ल्याउन लागिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

सरकारले १५ जेठमा सार्वजनिक गरेको वित्त सम्बन्धी नीति अर्थात बजेटले नीजि क्षेत्रको माग सम्बोधन नगरेको गुनासोकाबीच केन्द्रीय बैंकले मौद्रिक नीतिका तयारी गरिरहेको थियो । सोही तयारी पूरा भएकोले अब आइतबार (साउन ७ मा) मौद्रिक नीति सार्वजनिक गर्ने मिति तय भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

केन्द्रीय बैंकले यो वर्षको मौद्रिक नीतिलाई व्यवसायी मैत्री अर्थात लचिलो ल्याउँछ कि कसिलो भन्ने विषय पछिल्लो समय पेचिलो बनिरहेको छ । यद्यपी मौद्रिक नीति ल्याउने जिम्मा भने राष्ट्र बैंककै भएकोले उसकै निर्णयमा भर पर्ने भएकोले बजारको आवश्यकता र केन्द्रीय बैंकले आफ्नो सीमा भित्र रहेर मौद्रिक नीति ल्याउने पनि पोखरेलले बताए ।

चालू आवको बजेटले दिएको आर्थिक बृद्धि हासिल गर्ने र मूल्य बृद्धिलाई वाञ्छित सीमाभित्रै राख्ने गरी मौद्रिक नीति ल्याउन लागिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बैंकिङ क्षेत्रको आशा नेपालमा आर्थिक क्षेत्रलाई अगाडि बढाउन आवश्यक तरलता नै सहज हुनुपर्ने बताएका छन । उनले तरलता बढाउने र त्यको प्रयोग पनि सोही अनुसार हुने गरी मौद्रिक नीति आउनुपर्ने बताए ।

केसीले सरकारले खर्च बढाउने र सरकारी कोष तथा फण्डलाई परिचालन बेलैमा गरेर जान सकिने विषयमा नीतिगत सम्बोधन गर्न सके अर्थतन्त्र थप चलायमान गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा गरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य भने सरकारले चालू पुँजी कर्जालाई नै सहजीकरण गर्न सके अपेक्षा अनुसार अर्थतन्त्र चलायामान बनाउन सहयोग पुग्ने गरी आउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

उनले भने, ‘सरकारले एकैपटक चालू पूँजी कर्जामा कडाई गरेको कारण चालू आवमा अपेक्षा अनुसार अर्थतन्त्र चलायमान हुन नसकेको हो । अहिले वाह्य अर्थतन्त्रको सूचक सबै सकारात्मक भइसकेकोले अब केन्द्रीय बैंकको फोकन नै आन्तरिक अर्थतन्त्र चलायामानमा हुनुपर्छ ।’

नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष राजेन्द्र मल्लले पनि मौद्रिक नीतिको एउटै उद्देश्य एकल अंकभन्दा माथि व्याजदर हुँदैन भनेर स्पष्टसँग पार्नुपर्ने बताए । यही मान्यतामा आधारित भएर मौद्रिक नीति आउने अपेक्षा व्यक्त गरे ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार