26.1 C
Kathmandu

 वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर सस्तिँदै 

काठमाडौं/ वाणिज्य बैंकहरूको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घट्दा यसले बैंकहरुको कर्जाको ब्याजदर सस्तो हुने भएको छ ।

मुलुकभित्र सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये १७ बैंकहरूको बेस रेट चालू आवको दोस्रो त्रैमासको तुलनामा घटेको छ । बैंकहरूले १२.१३३ प्रतिशत रहको मुद्दती निक्षेपको ब्याजदर गत माघबाट ११ प्रतिशतमा झारेका थिए । यसले बैंकहरूको आधारदर तेस्रो त्रैमासमा घटेको हो । १ वैशाखदेखि लागू हुने कर्जाको ब्याजदर पनि आधारदर घटेको अनुपातमा स्वतः घट्नेछ । जसले गर्दा कर्जाको ब्याजदर स्वतः घट्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि विगतमा संस्थाहरूले निक्षेप आकर्षित गर्न ब्याजदर बढाएकै कारणले कर्जासमेत महँगिएको थियो । अहिले शोधनान्तर स्थिति बचतमा गइरहेको र कर्जाको मागसमेत कमजोर हुँदा बैंकहरूलाई निक्षेपमा ब्याजदर घटाउनु पर्ने बाध्यात्मक अवस्था आइपरेको हो ।

बैंकहरूको ०७९ चैत मसान्तको विवरणअनुसार सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको छ । बैंकको आधारदर चैत मसान्तमा ८.६ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२७ प्रतिशत रहेको छ । यस्तै, एकल अंकमा आधारदर रहेका बैंकमा नेपाल बैंक, एभरेष्ट बैंक र नबिल बैंक छन् । नेपाल बैंकको आधारदर ९.९२ प्रतिशत, एभरेष्टको ९.९४ प्रतिशत र नबिल बैंकको ९. ९९ प्रतिशत छ ।यस्तै, चैतमा सबैभन्दा धेरै आधारदर भएको सन्राइजको ११.३४ प्रतिशत छ । माछापुच्छ्रे बैंकको आधारदर ११.३१ प्रतिशत र सिटिजन्स बैंकको ११.१४ प्रतिशत छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार