26.1 C
Kathmandu

बजेट तयारी गर्दै गर्दा अर्थमन्त्रीले प्रवक्ता फेरे, सूचना लुकाउन कि सहज बनाउन ?

बजेटको तयारीको चटारोबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रवक्ता फेरेका छन् । अर्थ मन्त्रालयले प्रवक्ताको जिम्मेवारी मंगलबारबाट धनीराम शर्मालाई दिएको छ ।

मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका शर्मा प्रकाशशरण महत अर्थमन्त्री भएपछि बजेट लेखनको मस्यौदा समितिमा राखेको भएपनि जिम्मेवारी भने पाइका थिएनन् ।

मंगलबार मन्त्री महतले शर्मालाई योजना मूल्यांकन तथा अनुगमन महाशाखामा सरूवा गर्दै प्रवक्ताको समेत जिम्मेवारी दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

हाल मन्त्रालयको प्रवक्ता रहेका आनन्द काफ्ले प्रशासन महाशाखामा सरूवा भएका छन् । अनुगमन महाशाखा रिक्त थियो।

मन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना हुँदा समेत मन्त्री महतले दुई जना सहसचिवलाई अझै जिम्मेवारी दिन सकेका छैनन् ।

मन्त्रालय सरूवा भएर आएको दुई महिना हुँदा समेत जनक शर्माले कुनै जिम्मेवारी पाउन सकेका छैनन् । यस्तै, महतले तीन साता अघि मन्त्रालयमा ल्याएका बाबुराम सुवेदीलाई पनि जिम्मेवारी दिन नसकेको उल्लेख छ ।

मन्त्रालयका अनुसार उनी पनि बजेट लेखन तथा मस्यौदा समितिमा छन । उनले बजेट निर्माणमा अर्थमन्त्रीलाई सहयोग गर्ने भएका छन।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार