29.1 C
Kathmandu

तेलमा १० प्रतिशत भन्सार लाग्दा मूल्य आकासियो, व्यवसायी भन्छन् शून्य हुनुपर्छ

काठमाडौं । सरकारले तेलमा भन्सार लगाउदा खाने तेल तथा वनस्पती घ्यूको मूल्य आकासिएको छ । नेपालमा कच्चा पदार्थ १० प्रतिशत भंसार महसुुलमा आयात गरी सो को प्रशोधन गरी बिक्री वितरण गर्दै हुँदै आएको छ । प्रशोधित तेलमा आयात महसुल १५ प्रतिशत थियो जुुन कच्चा पदार्थ भन्दा एक तह मात्र बढी थियो ।

आव २०७९/८० को बजेटबाट केही उद्योगहरुलाई पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशत भंसार महसुल लिने व्यवस्था भएको छ । यसले हालको व्यवस्थामा ६६.६७ प्रतिशत छुट दिएको छ । तर कच्चा तेलमा भन्सार महशुल साविकको भन्सार महशुल नै लागिरहेको हुँदा तेलको मूल्य आकासिएको व्यवसायीको भनाइ छ । तेलमा छिमेकी मुलुक भारतमा शून्य प्रतिशत भन्सार रहेकोले नेपालमा पनि सोही व्यवस्था लागू गर्न व्यवसायीले माग गरेका छन् ।

भारत सरकारले २०७९ जेठ १० गते उच्च महङ्गीको चापवाट उपभोक्ताहरुलाई राहत दिनका लागी खाने तेलको भन्सार महशुल नलाग्ने व्यवस्था गरेको छ । खाने तेलमा जएसटीको दर ५ प्रतिशत छ । भारतमा सरदर १५ रुपैयाँ प्रति केजीको सरकारी महशुल पर्न जान्छ । नेपालमा भन्सार महशुल १० प्रतिशत र मुअकर १३ प्रतिशत गरी सरदर प्रति केजी ६०–६५ रुपैयाँसम्म सरकारी दस्तुर लाग्ने गर्छ ।

बढी शुल्क लागेकै कारण नेपाली उत्पादन अति महंगो परिरहेको छ । नेपालवाट यस वैशाख मसान्तसम्ममा ८७.६० अर्व वरावरको वनस्पति तेल भारत निकाशी भएको छ । भारत सरकारले शून्य प्रतिशतमा भन्सार महशुल झारेको कारणले नेपालबाट भारत निकाशी हुदै आएको वनस्पति तेलको परिमाणमा उल्लेखनीय रुपमा कमि हुन जान्छ ।

आयत गर्दा शुल्क लागेकै कारण नेपालमा तेल महंगो परेको व्यवसायीको भनाइ छ । कच्चा पदार्थ भन्दा बढी मूल्यमा तयारी माल सामान आयात हुन्छ जसमा वहुमुल्य बिदेशी मुद्रा वढि मात्रामा विदेशीने गरेको पनि छ । कच्चा पदार्थमा तिर्दै आएको १० प्रतिशत भंसार महसूल भन्दा तयारी सामानमा ५ प्रतिशत महसूल तिर्दा सरकारको राजश्वमा गम्भिर असर पर्न जान्छ । यसले सरकारको स्थानीय उद्योगलाई वढावा दिने र तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने नीतिसमेत नमिलेको देखिन्छ ।

समग्रमा भन्सार महगो हुँदा वनस्पति तेल उद्योगहरु संकटोन्मुख भइ समस्याग्रस्त हँुदै गएको छ । यसको शीघ्र समाधान नगरेको खण्डमा उद्योगहरु वन्द नै हुन जाने र यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष रुपले गम्भिर असर पार्ने व्यहोरा समेत जानकारीको गराएको यस क्षेत्रको व्यवसायीको भनाइ छ ।

उपभोक्ताहरुलाई चरम महङ्गीवाट राहत दिन, तैयारी समान भन्दा कच्चा पदार्थको कम्तिमा एक तह कमको भन्सार महशुल हुने नितिलाई अवलम्वन गर्न र भारतवाट अनाधिकृत रुपमा आयात भई रहेको खाने तेल रोक्नका लागी समेत कच्चा खाने तेलको आयातमा भन्सार महशुल शून्य भसर र मुअ करमा ५० प्रतिशत छुट दिन व्यवसायीले माग गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार