काठमाडौं । ईमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) ५१ हजार ६७० जनाले पाएका छन् । २३ लाख ३१ हजार २५८ जना आवेदकबाट मध्येबाट ५१ हजार ६७० जनाले १० कित्ताका दरले आईपीओ हात पारेका हुन् । यसमध्येकै ८ जनाले ११ कित्ताका दरले आईपीओ पाए ।
कम्पनीको आईपीओमादुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।