काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस प्लानलाई अपग्रेड गरी अब नयाँ जडानकर्ताहरूलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको छ।
यस अफरअन्तर्गत नयाँ ग्राहकहरूले पुरानै मूल्य अर्थात् मासिक मात्र ५५३ रुपैयाँमा १२५ एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्नेछन्। यसबाट ग्राहकहरूले कुनै अतिरिक्त शुल्क नतिरी थप २५ एमबीपीएसको स्पीड प्राप्त गर्नेछन्।
उच्च गतिको इन्टरनेटका साथै ग्राहकहरूले आधुनिक वाईफाई-६ (WiFi-6) राउटरको सुविधा समेत प्राप्त गर्नेछन्। कम्पनीले सन् २०२१ देखि नै आफ्ना ग्राहकहरूलाई यो प्रविधिको राउटर उपलब्ध गराउँदै आएको छ। सुलभ दरमा द्रुत गतिको इन्टरनेट र आधुनिक वाइफाइ प्रविधिको सहज पहुँच पुर्याउने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जनाएको छ।

