काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ सोमबार जिल्ला अदालत काठमाडौं १५ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
नन्दबहादुर पुन उपराष्ट्रपति हुँदा गुरुङ वैदेशिक मामिला सल्लाहकार थिए । उनी सुन तस्करीमा संलग्न रहेको आरोपमा फागुन १४ मा पक्राउ परेका थिए ।