काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई जिल्ला अदालत रूपन्देहीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौंबाट शुक्रबार पक्राउ परेका पुनलाई बुटवलको सुप्रिम सहकारी ठगिको अनुसन्धानका लागि प्रहरीले रूपन्देही लगेको थियो । पुन उपाध्यक्ष रहेको समयमा बुटवलको सुप्रिम सहकारीको बचत अपचलन गरि ठगी गरेको भन्दै जाहेरी परेको थियो । अनुसन्धानका क्रममा सुप्रिम सहकारीले स्थानीय बचतकर्ताको झण्डै ७८ करोडभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।
पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन । उनी सुन तस्करी प्रकरणमा समेत आरोपित व्यक्ति हुन । गत २ साउन महिनामा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको व्यवसायिक सम्बन्ध रहेको पाइएको थियो ।