काठमाण्डौ। गत कार्तिक १७ गते जाजरकोटमा आएको भूकम्पबाट प्रभावित भूकम्प पीडीतलाई स्वाबलम्बन नेपाल, धापासीले राहत सामाग्री वितरण गरेको छ। स्वाबलम्बन नेपालका अध्यक्ष एकनाथ अधिकारीको नेत्रित्वमा राजाराम तिमल्सिना लगायतको टोलीले यही पुष ११ जाजरकोटको बारेकोट गाउपालिका वार्ड नं ४ मा पुगेर ८०० धुरी भूकम्प पीडितहरुलाई राहत वितरण गरेको हो।
स्वाबलम्बन नेपालका अध्यक्ष एकनाथ अधिकारीका अनुसार संस्थाले करिब ५५ लाख बराबरको बिभिन्न राहत सामाग्री स्थानीय सरकारको समन्वयमा बारेकोट गाउपालिका वार्ड नं ४ का भूकम्प पीडितहरुलाई वितरण गरेको थियो।
पीडितबाट राहत नपाएको गुनासो नआओस र वडा भित्र रहेका सम्पूर्ण भूकम्प पीडित घरधुरीले राहत सामाग्री प्राप्त गर्न सकुन भन्ने उदेश्यका साथ वार्ड नं ४ को समन्वयमामा उक्त वडामा रहेका घरधुरी संख्या एकिन गरेर सोही अनुसार राहत सामाग्रीको व्यवस्था गरिएको संस्थाका अध्यक्ष एकनाथ अधिकारीले बताउनु भयो।
चिसो मौसमलाई ध्यानमा राख्दै व्याल्ङ्केट, ज्याकेट, थर्मकोट, टोपी, बच्चाहरुको लागि थर्मकोट, मोजा लगायतका न्यानो कपडाहरु पीडितहरुलाई वितरण गरिएको जानकारी अधिकारीले दिनुभयो। यसैगरी सो वार्डमा कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी एवं विद्यालयका शिक्षकहरुलाई पनि राहत सामाग्री वितरण गरिएको जानकारी अधिकारीले दिनुभयो।