काठमाडौँ /श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने व्यवस्था गर्ने गर्ने भएको छ ।
२०८० बैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको छ ।
यो व्यवस्था पछि स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने तष वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने सकिने बताइएको छ ।