काठमाडौं । नेपालमा पछिल्लो ४ महिनामा १५.८८ प्रतिशतले व्यापार घाटा घटेको छ । गत वर्षको पहिलो चार महिनाको तुलनामा चालू आवको पहिलो ४ महिनामा व्यापार घाटा ५ खर्ब ६८ अर्बबाट ५ खर्ब ४७ अर्ब रुपैयाँमा झरको छ ।
व्यापार घाटा गत वर्षको तुलनामा घटेको देखिएपनि नेपालमा निर्यात कम र आयात बढी हुँदा अर्थतन्त्रको अवस्थामा सुधार भने हुन सकेको छैन ।
अझै मासिक १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा छ । अहिले व्यापार घाटा साढे ४ खर्ब रुपैयाँ पुगेको छ । कात्तिकसम्मको तथ्यांक अनुसार नेपालमा ५ खर्ब ३२ अर्बको आयात भएको छ ।
यो अवधिमा निर्यात ५४ अर्ब रुपैयाँको मात्रै छ । गत वर्ष यही अवधिसम्मा ८२ अर्ब रुपैयाँको निर्यात भएको थियो ।यस्तो छ
पछिल्लो ४ महिनाको आयात निर्यातको अवस्था