26.1 C
Kathmandu

एसईईका विद्यार्थीहरुलाई टेलिकमको निःशुल्क सिम

काठमाडौं /नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ । कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार उक्त सिममा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ ।

टेलिकमले २०७९ चैत २४ देखि ९० दिनका लागि यो अफर उपलब्ध गराउने छ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराउने बताइएको छ ।

नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट यो अफर लिन सकिने टेलिकमले जनाएको छ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम भएको अवस्थामा पनि सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
टेलिकमका अनुसार नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन साथै एक महिनासम्म ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्ने बताइएको छ । यो अफर अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने टेलिकमले जनाएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार