29.1 C
Kathmandu

नेपाल टेलिकमले ल्यायो बोनस डाटा अफर

काठमाडौं/  नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट मोबाइल रिचार्ज गर्ने ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २००, ५०० र १ एक हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले यो अफर उपलब्ध गराउने भएको हो ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार ग्राहकले २०० को रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्राप्त गर्नेछन् । त्यसैगरी १ एक हजारको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ ।

यो अफर २०७९ मंसिर २०देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध बताइएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार