29.1 C
Kathmandu

बीमा कम्पनीले आइपीओ जारी गर्न प्राधिकरणको सहमति अनिवार्य लिनुपर्ने, किन लिनुपर्छ सहमति ?

काठमाडौं । बीमा कम्पनीले प्राथमिक शेयर निष्कासन (आइपीओ) जारी गर्न बीमा प्राधिकरणको सहमति लिनुपर्ने भएको छ । बीमा कम्पनीहरुले सर्वसाधरण आइपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिनुअघि नेपाल बीमा प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आईपीओमा जानु अघि प्राधिकरणको सहमति अनिवार्य लिन निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘आईपीओ जारी गर्दा बीमा प्राधिकरणको स्वीकृत लिन भनेको हो’ प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डू भने,‘यो ऐनले गरेको व्यवस्था हो । आईपीओ जारी गर्ने बेलामा हाम्रो सहमति लिनु भनेको हो।’

धितोपत्रको निष्कासन गर्ने अधिकार धितोपत्र बोर्डको भएपनि आईपीओ जानुअघि प्राधिकरणको सहमति लिनुपर्ने उनको भनाइ छ ।

‘धितोपत्रको निष्कासन गर्ने धितोपत्र बोर्ड नै हो । उनीहरुको क्षेत्राधिकार हो,’ उनले भने, ‘हामीले कम्पनीहरुलाई आईपीओ जानु भन्दा अघि हामीसँग सहमति लिनुमात्रै भनेको हो।’

सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये ५ वटा जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गरेका छैनन् । सिटिजन लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ र सन नेपाल लाइफले आईपीओ ल्याउन बाँकी छ ।

ती मध्ये रिलायबल नेपाल लाइफले आईपीओ जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । उनले रिलायबलले धितोपत्र बोर्डमा आवेदन दिनुअघि प्राधिकरणसँग सहमति माग गरेको उनको भनाइ ।

तर, स्वीकृति भने नपाएको उनले बताए । ‘हामीले सहमति नदिएसम्म धितोपत्र बोर्डले अनुमति नै दिदैन,’पौडेलले भने,‘हामीले सहमति दिएपनि बोर्डले अनुमति नदिन पनि सक्छ ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार