8.1 C
Kathmandu

नेपाल राष्ट्र बैंकद्वारा  चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक

काठमाडौ । नेपाल राष्ट्र बैंकले  चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज एक कार्यक्रमका बिच मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

मुलुकको अर्थतन्त्रलाई थप गतिशिल र चलायमान बनाउने उद्देश्यका साथ सार्वजनिक गरिएको मौद्रिक नीतिमा शेयर धितो कर्जामा लचकता अपनाइएको छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले बताए । यसका साथै मौद्रिक नीतिमा शेयर धितो कर्जामा संस्थागत लगानीकर्ताका लागि अधिकतम २० करोडको सीमा खारेज गरिएको छ । व्यक्तिगत १५ करोडको सीमा भने यथावत् छ ।

मौद्रिक नीतिमा चालु आर्थिक वर्षको बजेटमा सरकारले अनुमान गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुग्नेगरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने लक्ष्य लिइएको छ । समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरूबिच तादात्म्यता कायम गरिएको पनि उनले बताए। 

यसैगरी मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ। यस्तै मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा अध्ययन गर्ने र चाँदी आयातको वर्तमान अवस्थाबारे पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा छ ।यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निस्किृय सम्पत्ति र गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने नीति लिएको छ । यसका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि सम्पत्ति व्यवस्थापन कम्पनी ऐनको मस्यौदा तर्जुमा गर्ने भएको छ ।

चालु आर्थिक बर्ष २०८१/०८२ को मौद्रिक नीतिको पूर्णपाठ

[embeddoc url=”https://nepaliartha.com/wp-content/uploads/2024/07/Monetary_policy_2081-082-1721978834.pdf” download=”all” viewer=”google”]

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार