23.1 C
Kathmandu

शेयर बजारमा ११.२२ अंकको सुधार, १ अर्बको सेयर खरिद–बिक्री

काठमाण्डौ। कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा ११ अंक बढीको सुधार देखिएको छ । मंगलबार शेयर बजार परिसूचक ११ दशमलव २२ अंकले बढेर १८५८ दशमलव ७६ विन्दुमा पुगेको हो ।

मंगलबार कारोबार भएका १४४ कम्पनीको शेयर मूल्य बढ्यो भने ८३ कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन् । आज २८५ कम्पनीका ४३ लाख ३१ हजार २२९ कित्ता शेयर ४० हजार ६०० पटक खरिद बिक्री भएको छ । जसबाट ९९ करोड ६५ लाख ८६ लाख २९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै मंगलबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४६ अंकले बढेर ३५८ दशमलव १९ विन्दुमा पुगेको छ ।

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार