26.1 C
Kathmandu

सयपत्री हाइड्रोपावको शेयरमा एक दिन बाँकी हुँदै २० गुणा बढीको आवेदन, तपाईले भर्न छुटाउनुभयो कि ?

काठमाडौं । सयपत्री हाइड्रोपावरको प्राथमिक शेयर निष्कासन (आईपीओ)मा एक दिन बाँकी हुँदै २० गुणा बढी आवेदन परेको छ । सोमबारसम्ममा परेको यस्तो आवेदन दिने दिन मंगलबार अन्तिम हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले मंगलबार आवेदन बन्द गर्ने कम्पनीले बताएको छ ।

सोमबारसम्म कम्पनीको आईपीओमा मागभन्दा २०.३५ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा सोमबारसम्म ५ बजेसम्ममा ११ लाख ९५ हजार ८७५ जना आवेदकले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लगानीकर्ताले १ करोड ३६ लाख ४८ हजार ८ सय कित्ता सेयर खरिदका लागि १ अर्ब ३६ करोड ४८ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा मंगलबार, साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार