23.1 C
Kathmandu

सेमिफाइनलमा नेपाल आज यूएईसँग खेल्दै

काठमाडौं/ आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा मंगलवार नेपालले समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ ।
मंगलवार नै हुने दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो । दुवै सेमिफाइनल खेल मंगलवार अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुनेछन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार