26.1 C
Kathmandu

मन्त्रिपरिषद बैठकद्वारा १६ औं पञ्चवर्षीय योजना पारित

काठमाडौ। आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना का साथै आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय बारेमा जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीहरुलाई सो कुराको जानकारी दिएकी हुन्। प्रवक्ता रेखा शर्माले १६ औं योजना पनि पारित गर्नु अघि योजनाका बारेमा  बिभिन्न ढंगले बिभिन्न चरणमा छलफल गरेर निर्णय गरेको बताइन् ।

सञ्चारकर्मीहरु सँगको भेटमा शर्माले  भनिन, ‘सम्माननीय राष्ट्रपतिज्युद्वारा संघीय संसदको संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यस अनुरुप नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । साथै राष्ट्रिय योजना आयोगबाट तयार भएको १६ औं पञ्चवर्षीय योजना पनि बिभिन्न चरणमा छलफल भएर पारित गर्ने निर्णय गरिएको छ ।’

सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार