23.1 C
Kathmandu

एसिया प्यासिफिकका विद्यार्थी अन्तर्राष्ट्रिय प्रतियोगितामा अवार्ड अफ एक्सिलेन्सबाट पुरस्कृत 

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ६ मा रहेको एसिया प्यासिफिक विद्यालयका विद्यार्थी सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगिता कोडेभर-५ मा पुरस्कृत भएका छन् । दुबईमा मे ४ र ५ मा भएको कोडेभर-५ एसिया प्यासिफिक विद्यालयका विद्यार्थीले प्रदर्शन गरेको खुला जमिनमा सिँचाइ गर्ने प्रविधिको नमुनाले पुरस्कार प्राप्त गरेको हो । 

एसिया प्यासिफिक विद्यालयका प्रधानध्यापक रमेश घिमिरेका अनुसार विद्यार्थीले तयार गरेको उक्त नमुना प्रविधिले अवार्ड अफ एक्सिलेन्स २०२३/२०२४ पुरस्कार जितेको हो ।

कोडेभर-५ मा एसिया प्यासिफिकका विद्यार्थीहरू नेपाल च्याम्पियन बनेर दुबईमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता जनाउने अवसर पाएका थिए । विद्यालय तहका छात्रछात्रालाई सूचना प्रविधि मैत्री बनाउँदै कलात्मक बौद्धिकतामा अगाडि लैजाने उद्देश्यका साथ सुरु भएको प्रतियोगितामा नेपालबाट अन्य सात विद्यालयका विद्यार्थी पनि सहभागी भएका थिए । 

एसिया प्यासिफिकका शिक्षा निर्देशक राजन अधिकारीका अनुसार एसिया प्यासिफिकसँगै नेपालका तीन विद्यालय पुरस्कृत भएका छन् । प्रतियोगितामा नेपालसहित १९ देशका ८ सय विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा सहभागी उत्कृष्ट छात्रछात्रा विभिन्न विधामा पुरस्कृत भएका छन् । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार