23.1 C
Kathmandu

क्यारो टिभी नेपाल सञ्चालनमा, उपभोक्तालाई नयाँ स्किम  

काठमाडौं । आईपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टि. भी नेपालले उपभोक्ता लक्षित गरि नयाँ स्किम बजारमा ल्याएको छ । नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले  १ वर्षको आईपी टिभी अफरमा  १२  महिना बोनस , जम्मा  २४ महिना आइपी टिभीसँग FREE स्मार्ट सेट टप बक्स र FREE 5 जी डुअल ब्यान्ड राउटरको साथै  २०० Mbps high-speed Internet पनि  पाउने  छन् ।

क्यारो टिभी नेपालले सञ्चालनमा ल्याएको आईपी टिभी च्यानलमा खेलकुद ,समाचार , सूचनात्मक लगायत मनोरञ्जनात्मक लगायतका २००ं लाइभ एचडिएसडी च्यानल समावेश छन । युट्युब  सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उत्कृष्ट भिडियो सामाग्री सँगैको सुविधा क्यारो टिभी मार्फत सञ्चालन गरिएको हो । 

कम्पनीका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय  भिडियो फोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सकिने छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मूल्यमा नेपालको सबै मुख्य शहरहरूमा आईपी टिभी सेवा सञ्चालन गरिसकेको कम्पनीले बताएको छ ।   

आधुनिकयुगको आवश्यकता साथै ग्राहकवर्गको चाहनालाई ध्यानमा राख्दै कम्पनीले काठमाडौँ उपत्यकाका  सबै ठाउँमा, पूर्वमा  बिर्तामोड सम्म , पश्चिममा नेपालगञ्जसम्म,  पोखरा देखि वीरगञ्ज लगायत नेपालको सबै मुख्य शहरहरूमा यो सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै क्यारो टिभी को सेवा २४ घण्टा सातै दिन सुचारु हुँदै आएको छ। आइपी टिभी जगतमा नै क्यारो टि. भी ले नौलो सुरुवात गरेको कम्पनीको दाबी रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार