23.1 C
Kathmandu

मन्टेश्वरी किड्स वर्ल्डको वार्षिक अभिभावक दिवस तथा ग्रेजुएसन समारोह सम्पन्न

काठमाडौं । मन्टेश्वरी किड्स वर्ल्ड नयाँबानेश्वरले आफ्नो वार्षिक अभिभावक दिवस तथा ग्रेजुएसन समारोह सम्पन्न गरेको छ । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि स्कुलले उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रमका अवसरमा बोल्दै संस्थापक तथा प्रिन्सिपल सबनम थापा सुब्बाले बालबालिकाको समग्र विकासमा सघाउने उद्देश्यले शुरु भएको यस विद्यालयले मन्टेश्वरी पद्धतिबाट पठनपाठन शुरु गरेको १७ वर्षको अवधि पुरा भएको बताउनु भयो । यो अवधिसम्म साथ र हौसला दिने सबै अभिभावक तथा शुभचिन्तकलाई थापाले धन्यवाद दिनु भयो । 

प्ले ग्रुप देखि प्रि टु सम्म मन्टेश्वरी पद्धतिबाट प्रि स्कुल सञ्चालन गर्दै आइरहेको यस विद्यालयले पछिल्लो समय प्राथमिक तहमा समेत पठन पाठन शुरु गरेको छ । प्राथमिक तहमा प्रोग्रेसिभ लर्निङ एजुकेसन पद्धति अपनाइएको छ । यसले गर्दा बालबालिका समग्र विकासमा थप सहयोग पुगेको प्रिन्सिपल थापाले बताउनु भयो । 

वार्षिक अभिभावक दिवस तथा ग्रेजुएसन समारोहमा विद्यालयका बालबालिकाहरूले गीत, नृत्य र नाटक लगायतका गतिविधि प्रर्दशनी गरेका थिए । उक्त अवसरमा प्रि स्कुलको अध्ययन सकेका ३० जना बालबालिकालाई कक्षा १ मा स्तरोन्नति गरिएको थियो । 

वि.सं.२०६३ सालमा स्थापना भएको यस विद्यालयमा अहिले प्रि स्कुलका रुपमा प्ले ग्रुप देखि यु केजी सम्म र प्राथमिक तहमा कक्षा १ देखि ४ सम्मको अध्ययन शुरु गरिएको प्रिन्सिपल थापाले बताउनु भयो । 

हेरौँ कार्यक्रमका केही तस्वीरहरू :

     

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार