29.1 C
Kathmandu

कांग्रेस संसदीय दलको बटमलाईन- सहकारीको रकम अपचलनबारे संसदीय छानबिन अनिवार्य

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने अन्यथा संसद अवरुद्व गर्ने निर्णय  गरेको छ। नेपाली काँग्रेस संंसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार आजको बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत छ ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । उनले भने, ‘नेपाली कांग्रेसले उठाएको मागप्रति यदि सरकार गैरजिम्मेवारपूर्ण ढंगले प्रस्तुत भयो भने कुनै पनि संसदको बैठक अथवा संसदका कामकारबाही अवरुद्ध हुने कुराको जिम्मा नेपाली कांग्रेस होइन, अहिलेको सरकारले लिनुपर्छ भन्ने पनि आजको दलले सर्वसम्मत निर्णय गरेको छ ।’

गृहमन्त्री रवि लामिछानेले संसदमा उपस्थित भएर जवाफ दिन्छु भन्दा किन नमानेको भनेर सोधिएको प्रश्नमा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको कुरा सुनिसकेकाले सबैको कुरा सुन्न जरुरी नभएको बताए ।

नेपाली कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले उपस्थित भएर छलफलमा भाग लिन आफ्नो पार्टीका संसदहरुलाई निर्देशन समेत दिएको छ । साथै कांग्रेसले सामाजिक सदभाव, धार्मिक सहिष्णुता र एकता कायम राख्न सबैलाई आह्वान समेत गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार