29.1 C
Kathmandu

संवैधानिक राजसंस्था पुनस्थापनाको माग गर्दै काठमाडौंमा र्‍याली

काठमाडौं। संवैधानिक राजसंस्था सहितको वैदिक सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाको माग गर्दै शुक्रबार काठमाडौंमा र्‍यालीको आयोजना गरिएको छ । २०७२ सालको संविधान खारेजी महा अभियानको आयोजनामा उक्त र्‍याली निकालिएको हो । 

महाअभियानका संयोजक एवम् पुर्व मन्त्री केशरबहादुर विष्टको अगुवाइमा निस्किएको  विशाल र्‍यालीले राष्ट्रिय झण्डा, प्ले कार्ड र बाजागाजा सहित काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेको थियो । तीनधारा पाठशालाबाट निस्किएको र्‍यालीमा चलचित्रका ख्याति प्राप्त कलाकारहरू मिरा राणा, सन्तोष पन्त, राजाराम पौडेल र रमा सिंह लगायत थुप्रै सर्वसाधारणहरूको उपस्थित रहेको थियो ।

उक्त र्‍यालीमा कलाकारहरूले आ–आफ्नो प्रस्तुती समेत दिएका थिए । यो महाअभियानमा विभिन्न १६ वटा संस्थाहरूले आवद्धता जनाई र्‍यालीमा सामेल भएका छन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार