26.1 C
Kathmandu

संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न कामनपाले जारी गर्यो ७ दिने सूचना 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको नामाकरण नेपालीपन झल्कने गरी राख्न ७ दिने सूचना जारी गरेको छ । बुधबार महानगरले यस्तो सूचना प्रकाशित गरेको हो । 

महानगरले सूचनामा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकुल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नु सूचित गरेको छ । 

सूचना प्रकाशित मितिले ७ दिनमा सम्पर्क गरी विद्यालयको मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिँदै महानगरले कानून बमोजिमको कारबाही प्रक्रिया समेत अगाडि बढाउने जनाएको छ । 

सूचनामा भनिएको छ, विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ। अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधन सहित), काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार