29.1 C
Kathmandu

सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत

मन्दिरा अधिकारी

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लाभान्वित भएका छन् ।

भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती मा. बि. मा आयोजना भएको खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लाभान्वित  भएका हुन् ।    

 आँखा तथा दन्त सेवा अन्तर्गत आयोजित स्वास्थ्य शिविरबाट स्थानीय ७३२ जना लाभान्वित  भएका हुन् । मातृका आई फाउन्डेसनको सहयोगमा डा. कृष्ण कुमार धनकोटीको टिमले आँखाको सेवा प्रदान गरेको आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिए । उनका अनुसार आँखा शिविरमा ३५६ जनाले सेवा प्राप्त गरेका थिए। जसमा १६ जनाको मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको निःशुल्क अपरेसन समेत सङ्घले नै गरिदिने उनले बताए । 

यस्तै डाक्टर ग्रेस जोशीको नेतृत्वमा पाँच भन्दा बढी दन्त चिकित्सकले शिविरमा दन्त सेवा प्रदान गरेका थिए । दन्त शिविरबाट भने ३७६ जनाले सेवा प्राप्त गरेको जोशीले जानकारी दिए । 

शिविरमा ८३ वर्षका ज्येष्ठ नागरिक देखि २ वर्षका साना बाबु नानीहरूले समेत सेवा लिएको अध्यक्ष जोशीले बताए। जोशीका अन्सार शिविरमा आँखाका समस्या भएका बिरामीहरूलाई निःशुल्क रूपमा औषधी तथा चस्माको समेत व्यवस्था संस्थाले नै गर्ने छ । 

शिविरमा आफ्नो दाँतको ख्याल आफैले गरौँ भन्दै लक्ष्यजित मल्लले सेवा लिन आउने सम्पूर्णलाई  निःशुल्क रूपमा दन्त मन्जन र ब्रस वितरण गरेका थिए।

सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको उक्त शिविरमा स्काउट भक्तपुरका विद्यार्थीहरूले स्वयंसेवा प्रदान गरेका थिए । विद्यार्थी तथा समाजको सर्वाङीण विकासका लागि यो शिविरले कोसेढुङ्गाको काम गरेको सरस्वती मा. बि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव पुरीले बताए । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार