बोली कोकिलको जस्तो
देख्छु  संस्कार सुन्दर ,
हिसी हाँसो प्रभावी छ तिम्रो
आचार सुन्दर ।
वासन्ती  फूल  झैँ  फुल्ने
भित्री  हृदय  कानन ,
काँडाका   बीचमा  रम्ने
फूल  अपार  सुन्दर ।
सुखदुःख  दुवैलाई   प्रकृति
रूप  ठान्दछ्यौ ,
सधैं   रमाउने   तिम्रो
कार्यव्यापार   सुन्दर ।
प्रेम बन्धनमा बाँधी  दाम्पत्य
यो  फुलाउँछौ,
देवी  हौ  सृष्टिकी  रानी
नित्य  उर्वर  सुन्दर ।
सहनशीलता   तिम्रो
शत्रुलाई   गलाउँछ,
चित्त भर्छ्यौ सबैलाई
बन्छ संसार सुन्दर ।
किन्तु भयौ तिमी टाढा म
सम्झन्छु बराबर,
दूरभाष  प्रयोक्ता हौं
तिम्रो  विचार सुन्दर ।
-सिराहा बन्दिपुर

