26.1 C
Kathmandu

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि एक अर्ब १० करोडको ठेक्का आह्वान

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले एक अर्ब १० करोडको ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले ३० दिनको म्याद राखेर  ठेक्का आह्वान गरेको हो । 

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउन सुरु गरेको यो रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट निर्माणको काम रोकिएको थियो । आर्थिक श्रोत जुटाउन नसकेपछि फाउण्डेसनले २०७८ पुस २ गते महानगरपालिकालाई रङ्गशालाको स्वामित्व लिन अनुरोध गरेको थियो । 

संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरू मिलेर पूरा गर्ने निर्णय गरेको थियो । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । रङ्गशाला निर्माणका लागि बाँकी नपुग रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ । 

फाउण्डेसनले रङ्गशाला निर्माणका लागि बनाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई पुनः डिजाइन गरि ३० महिनाभित्र काम गरिसक्ने गरी टेन्डर गरिएको महानगरपालिकाले जनाएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार