26.1 C
Kathmandu

नव जीवन मा.वि.मा ५ लाखको अक्षयकोष स्थापना

काठमाण्डौ। ओखलढुंगा जिल्ला चम्पादेवी गाउपालिका वार्ड नं ४ मा रहेको नव जीवन मा.वि.मा स्थानीय समाजसेवीहरु धन बहादुर गिरी तथा सूर्यधन गिरी एवं रेखा गिरीको सहयोगमा करिब रु.५ लाख रुपैया राशीको अक्षयकोष स्थापना भएको छ। समाजसेवी धन बहादुर गिरीले रु. ३ लाख तथा समाजसेवीहरु सूर्यधन गिरी एवं रेखा गिरीले आफ्ना स्वर्गिय पिता दुर्योधन गिरीको स्मरणमा रु. २ लाख विद्यालयलाई प्रदान गरी अक्षयकोष खोल्नलाई सहयोग पुर्याउनु भएको साथै स्थानीय समाजसेवी रामकुमार खत्रीले विद्यालयलाई आवश्यक रु.१० हजार बराबरको शैक्षिक सामाग्री सहयोग गर्नुभएको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज बुढाथोकीले बताए।अक्षयकोषको रकम विद्यालयको शैक्षिक गतिविधि तथा गुणस्तर सुधारका एवं गरिब तथा जेहन्दार बिद्यार्थीको हकहितका निमित्त प्रयोग गरिने बताईएको छ।

गाउपालिका प्रमुख नवराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलाको अवसर पारेर विद्यालयमा अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको थियो। भेलाका क्रममा वडाध्यक्ष ईन्द्र बहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीन ब. गिरी तथा पूर्व अध्यक्ष वीर ब. पौडेल लगायतले विद्यालयको शैक्षिक गतिविधीको बारेमा आ-आफ्ना धारणा सार्वजनिक गरेका थिए। सो अवसरमा विद्यालयको बिभिन्न शैक्षिक गतिविधी तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार