23.1 C
Kathmandu

स्टार्ट अप र उद्यमशीलता प्रवर्द्धनमा राष्ट्रिय नीति संवाद २०२४ सम्पन्न

काठमाडौं । स्टार्ट अप र उद्यमशीलता प्रवर्द्धनका लागि राष्ट्रिय नीति संवाद २०२४ को आयोजना गरिएको छ । नेपाली युवा उद्यमी मञ्च (NYEF) ले ILO-SALE परियोजनासँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चको स्टार्ट अप अध्यक्ष आभूषण ज्योति कंसाकारले देशमा स्टार्ट अपको स्थिति, चुनौति, अवसरहरू र स्टार्ट अपहरूको उत्कृष्ट अभ्यासहरूका बारेमा आफ्नो अनुभव राखेका थिए ।  कंसाकारले सरकारसँग युवा उद्यमीहरूको दबाबपूर्ण मागलाई जोड दिँदै उनीहरूको आवश्यकतालाई गम्भीरतापूर्वक विचार गर्न आग्रह गरे ।
मञ्चका अध्यक्ष सहारा जोशीले  युवाहरूलाई उद्यमशीलताको क्षेत्रमा सशक्त बनाउन निरन्तर सहयोगको आवश्यकता रहेको बताइन । 

कार्यक्रमको दोस्रो सत्रमा सामूहिक छलफलको आयोजना गरिएको थियो । जसमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासङ्घकी वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, मञ्चको राष्ट्रिय गभर्निङ काउन्सिलकी द्वितीय उपाध्यक्ष निविता प्रधान, र अन्तराष्ट्रिय श्रम सङ्गठनका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्मा लगायतको सहभागिता थियो । उक्त छलफलमा सरकार र युवा उद्यमीहरू बीचको सहकार्यलाई बढावा दिने महत्वपूर्ण पक्षहरूमा छलफल भएको थियो।

विभिन्न युवा उद्यमीहरू, विद्यार्थीहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमले नेटवर्किङ र ज्ञान आदानप्रदानको लागि मञ्च प्रदान गरेको अयोजकले बताएका छन् । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार