29.1 C
Kathmandu

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न 


काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  शाखा कार्यालय पुतलीसडक, नारायणगढ र बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा, नारायणगढ शाखाको प्राङ्गणमा र पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडि ट्याक्सी स्ट्याण्डमा रक्तदान सम्पन्न गरिएको थियो । सो कार्यक्रममा बुटवलबाट ३८, नारायणगढबाट ४३ र पुतलीसडकबाट ५० गरी जम्मा १३१ युनिट रक्त संकलन भएको फाइनान्सले जनाएको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरू तय गरेकोमा फाल्गुण महिनाको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ । 

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरू मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैङ्किङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरू  प्रदान गरिरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार