26.1 C
Kathmandu

दोस्रो पटक पर्यटन बोर्ड सीईओलाई स्पष्टिकरण, हट्ने नै भए त सीईओ रेग्मी ?

काठमाडौं । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. धनञ्जय रेग्मीलाई दोस्रोपटक स्पष्टिकरण सोधिएको छ । रेग्मीलाई पदबाट हटाउन बोर्ड सञ्चालक समितिले डेढ साताबो बीचमा दुईपटक स्पष्टिकरण सोधेको हो ।

माघ २८ गते बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो ।

बोर्ड सञ्चालक समिमिका उपाध्यक्ष चन्द्र रिजालले रेग्मीलाई इमेलबाट स्पष्टीकरण सोधिएको जानकारी दिए । पहिलोपटक सोधिएको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएपछि हामीले रेग्मीलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय भएकोले सोही अनुसार गरिएको बोर्ड उपाध्यक्ष रिजालले बताए । यसट पटक पनि स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए सञ्चालक समितिले कानून अनुसार निर्णय गर्ने बुझाइ रिजालको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र पर्यटन बोर्डका सीइओ रेग्मीबीच विवाद हुनुका साथै कात्तिक २० गते पर्यटन बोर्डका सीइओ रेग्मीले बेलायतमा आयोजित वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर नेपाल फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेपछि विवादमा तानिएका थिए ।

सीइयो रेग्मीले ६ बोतल मदिरा ल्याउन खोज्दा भन्सारका कर्मचारीले रोकेपछि रेग्मीले भन्सारका कर्मचारीलाई हातपात गरेको भिडियो पनि सार्वजनिक भएको थियो ।

त्यसपछि सीइयो रेग्मी र पर्यटनमन्त्री प्रेम आलेबीच पनि विवाद चर्किएको थियो । मन्त्री आलेले सीइओ रेग्मीको सार्वजनिक रुपमा चर्को आलोचना पनि गरेका थिए ।

विवाद बढ्दै गएपछि पुस २ गते पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले सीइओ रेग्मीलाई पदबाट निलम्बन गर्दै बोर्डका उपाध्यक्ष रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

पुस १४ गते सर्वोच्च अदालतले रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि रेग्मी काममा फर्किएका थिए । तर, मन्त्री आलेले नेपाल पर्यटन बोर्डको वार्षिकोत्सव कार्यक्रममा रेग्मीलाई साँढेको संज्ञा दिँदै आफूलाई गाडी बेचेको पैसाले खरिद गर्न खोजेको समेत आरोप लगाएका थिए ।

रिजाल नेतृत्वको छानविन समितिले रेग्मीले पदीय आचरण विपरीत काम गरेकाले पदबाट हटाउनु पर्ने रायसहितको प्रतिवेदन माघ १७ गते सञ्चालक समितिलाई बुझाएको थियो ।

सञ्चालक समितिले माघ १८ गते सीइओ रेग्मीलाई विभिन्न आरोप लगाउँदै पदबाट किन नहटाउने भन्दै एक साताभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

सीइओ रेग्मीले सञ्चालक समितिले सोधेका कुनै पनि प्रश्न जवाफ दिएनन् । रेग्मीले बोर्डलाई बुझाएको स्पष्टीकरणमा सर्वोच्च अदालतले आफूलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न भनेकाले सञ्चालक समितिले आफूलाई पदबाट हटाउन नमिल्ने उल्लेख गरेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार