29.1 C
Kathmandu

दोहामा अलपत्र जहाज डेढ महिनापछि उडाउँदै निगम, इन्जिन भाडामा लिने प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । दोहामा अलपत्र जहाज डेढ महिनापछि नेपाल वायुसेवा निगमदले उडाउँदै भएको छ । यसक लागि इन्जिन भाडामा लिने प्रक्रिया अगाडि बढाएको बताएको छ ।

नेपाल वायुसेवा निगमको डेढ महिनादेखि दोहामा थन्किएको एक न्यारोबडी जहाज बल्ल आवश्यक मर्मत प्रक्रियामा लगिएको छ । जहाजको इन्जिनमा समस्या आएर थन्किएको यो जहाज उडाउन इन्जिन भाडामा लिने र विग्रिएको इन्जिन मर्मत गर्न प्रक्रिया अगाडि बढेको निगमले जानकारी दिएको छ ।

निगमको ए३२०–२०० नामक ९ एन–एकेडब्लु कलसाइनको सगरमाथा विमान १३ पुसदेखि दोहामा थन्किएको छ । यो जहाज काठमाडौं–दोहाको उडान नम्बर आरए–२३ बाट नियमित उडानबाट कतार गएको थियो । उक्त जहाज अवतरण पछि पार्किङ्ग गर्ने क्रममा विमानको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।

यसको थप निरीक्षण दोहा स्थित कतार एयरवेजका इन्जिनियरिङ्ग टिमले गर्दा वायाँ तर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान भएको थियो । यसको इन्जिन फेर्नुपर्ने भएकोले उक्त इन्जिनको उत्पादनकर्ता पीडब्लु/आएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिएर इन्जिनलाइ फेरेर मर्मत गर्न सुझाव दिएको थियो ।

सोही सुझाव अनुसार जहाजलाई उडानयोग्य अवस्थामा ल्याउन इन्जिन भाडामा लिनुपर्ने निष्कर्ष निकालिएको निगमको भनाइ छ । जहाजको प्राविधिक प्रतिवेदनहरूको आधारमा निगमको नियम अनुसार इन्जिन भाडामा लिनको लागि निगमले मिति ९ जनवरी २०२२ मा ग्लोबल प्रस्ताव (आरएफपी) मागिसकिएको पनि निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ ।

आवश्य प्रक्रिया पु¥याएर इन्जिनि भाडामा लिने काम अगाडि बढिसकेको निगमले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ । जहाजको लागि आवश्यक इन्जिन एमटीयू मेन्टिनेन्स लिज सर्भिस बीभी कम्पनी छनोट गरेर इन्जिन भाडामा लिने कार्य अगाडि बढेको निगमको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार