26.1 C
Kathmandu

रेमिटेन्स आप्रवाहमा २१ प्रतिशतले वृद्धि

काठमाडौं । मुलुक भित्र चालु आर्थिक वर्ष २०८०/ ८१ को साउनदेखि फागुनसम्मको ८ महिनाको अवधिमा नौ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक प्रतिवेदनका अनुसार गत वर्षको यही अवधिको तुलनामा रेमिटेन्स आप्रवाह २१ प्रतिशतले बढि हो । गत वर्ष यही अवधिमा सात खर्ब ९४ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। 

प्रतिवेदन अनुसार यो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा १५ प्रतिशतले घटेको छ। चालु आवको यो अवधिमा भने ४ लाख ७१ हजारले यस्तो स्वीकृति लिएका छन्। गत वर्षको आठ महिनामा नयाँ र पुन श्रम स्वीकृति लिनेको संख्या ५ लाख ४४ हजार रहेको उल्लेख गरिएको छ ।  

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार