23.1 C
Kathmandu

हवाई मार्ग हुँदै मार्च महिनामा नेपाल भित्रिए १ लाख २८ हजार पर्यटक

काठमाडौं । हवाई मार्ग हुँदै मार्च महिनामा नेपालमा १ लाख २८ हजार बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा विभिन्न देशबाट हवाई मार्ग हुँदै एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल भित्रिएका हुन् ।

पर्यटकीय सिजनको सुरुवातसँगै हवाई मार्ग हुँदै नेपाल आउने विदेशी पर्यटकको संख्या बढेको पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार गत वर्षको तुलनामा यो वर्ष २८.९ प्रतिशतले पर्यटकको आगमन बढेको हो । गत वर्ष सन् २०२३ को मार्च महिनामा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट ३० हजार छ सय ९८ पर्यटक आएका छन् । चीनबाट १२ हजार ९३, अमेरिकाबाट १० हजार सात सय ६३ , बेलायतबाट सात हजार दुई सय ४१, श्रीलङ्काबाट पाँच हजार सात सय ४१ जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार पाँच सय ६७, अष्ट्रेलियाबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना नेपाल आएका हुन् ।

मार्च, अप्रिल र मे महिना नेपालमा घुमघामका लागि उपयुक्त समय मानिन्छ । त्यसैले यो समयमा पदयात्रा तथा पर्वतारोहणका लागि विभिन्न मुलुकबाट पर्यटक नेपाल भ्रमणका लागि आउने गरेका छन् । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार