29.1 C
Kathmandu

ग्राहकबाट शुल्क उठाएर राजस्व छलेको वर्ल्डलिंक सर्वोच्चमा, सरकारी पक्षको जवाफपछि फैसला आउने

काठमाडौ । ग्राहकबाट शुल्क उठाएर राजस्व छलेको वर्ल्डलिंक सर्वोच्चमा अदालत गएको छ । यो कम्पनीले ग्राहकबाट मर्मत संभारको नाममा पनि उठाइरहेको शुल्कमा रोयल्टी तिर्नु नपर्ने तर्क गर्दै अदालत गएको हो ।

यो कम्पनी अदालत गएका कारण सरकारलाई तिर्नुपर्ने राजस्व तिर्नु नपर्ने तर्क गर्दै बसिरहेको छ । तर, यसले ग्राहकबाट भने सो शीर्षकमा पैसा अशुली भने गरिरहेको छ ।

यो कम्पनीले दुरसञ्चार सेवा शुल्कका नाममा ग्राहकबाट लिने रकम नै मर्मत सम्भारको नाममा लिन्छ भने ग्राहकलाई एकमुष्ट बिल दिन्छ । यही बिलकको आधा रकममा मात्रै उसले रोयल्टी तिर्ने तर्क गरेर सरकारी राजस्व छली गर्दै आएको छ ।

रोयल्टी वापतको राजस्व तिर्न अटेर गरिरहेको वर्ल्डलिंक कम्युनिकेसन्सले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

न्यायाधीश अब्जुल अजिज मुसलमानको इजलासले दुवै पक्षको जिकिर सुनेर मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने निस्कर्षमा पुग्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

सर्वोच्चले आगामी २३ चैतमा वादी वर्ल्डलिंक र प्रतिवादी दूरसञ्चार प्राधिकरणलाई छलफलका लागि बोलाएको हो । सो अवधिसम्मका लागि प्राधिकरणको गत चैत १४ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।

वर्ल्डलिंकले प्राधिकरणलाई एक अर्ब ९४ करोड रूपैयाँभन्दा बढी रोयल्टी बुझाएको छैन । यो कम्पनीले रोयल्टी नतिरेको विषयमा भएको विवादका सम्बन्धमा ििववाद भएपनि वर्ल्डलिंक अदालत गएको हो ।

यो कम्पनीले कुल आम्दानीबाट ग्रामीण दूरसञ्चार विकास कोषमा २ प्रतिशत र रोयल्टी ४ प्रतिशत तिर्नुपर्ने । यसले ग्राहकबाट मर्मत संभारको नाममा ५० प्रतिशत शुल्क अशुल गरिरहेको छ । यो शुल्क तिर्नु नपर्ने भन्दै सरकारसँग विवाद गरेका कारण अदालत गएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार