23.1 C
Kathmandu

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

काठमाडौँ ।  बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा शुक्रबार सरकारको नाममा आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले शुक्रबार बाँसबारी छाला जुत्ता कारखाना अन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर उक्त जमिन सरकारको नाममा फिर्ता भएको जानकारी दिएको हो । भूमि व्यवस्था मन्त्री बलराज अधिकारीले मन्त्रिपरिषद्, सम्बन्धित मन्त्रालय र निकायको निर्णयबिनै उक्त सरकारी जग्गा निजी कम्पनीको नाम दर्ता भएको देखिन आएकाले त्यसलाई सरकारकै नाममा फिर्ता ल्याउन दर्ता गर्ने निर्णय भएको बताए । पत्रकार सम्मेलनमा उनले भने  ‘२०४४ सालमा दुई पटक गरी १० रोपनी सरकारी जग्गा बाँसबारी छाला जुत्ता कारखाना र च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको रहेछ । त्यसलाई फिर्ता गर्ने र सरकारको नाममा ल्याउने निर्णय भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले माघ १८ गते उक्त सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको थियो । उनीसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो । उनीहरू काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भएका छन् । माघ अन्तिम साता मालपोत कार्यालय डिल्लीबजारले बाँसबारीको उक्त १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको थियो ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीका अनुसार ‘मालपोत ऐन २०३४ को दफा २४ अनुसार यो जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएका ल्याइएको हो ।

गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उक्त जग्गा सरकारको मातहत ल्याउन निर्देशन दिएका थिए । उनले बाँसबारी जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न गृहसचिव र प्रहरी प्रमुखलाई निर्देशनसमेत दिएका थिए । बिहीबार सीआईबीले चौधरीसँग बयानसमेत लिइसकेको  छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार