29.1 C
Kathmandu

पश्चिम बङ्गालका पर्यटन व्यवसायीसँग अन्तरक्रिया, पर्यटन प्रर्वद्धनमा जोड

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा क्रस बोर्डर पर्यटन नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरूले बताएका छन् ।

८ औं बंगाल टार्वल मार्ट बीटिएम २०२४ को प्रचार प्रसार तथा नेपाली व्यवसायीसँग अन्तरक्रियाको लागि नेपाल आएको सिलिगुडीस्थित इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएसन (इथवा) का पदाधिकारीहरूसँग बुधबार बोर्डमा अन्तरक्रिया आयोजना गरिएको थियो । इथवाको आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलिगुडीमा ८ औं बंगाल टार्वल मार्ट बीटिएम २०२४ हुन लागेको छ । 

सो अवसरमा पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र खासगरी, दार्जिलिङ, सिक्किम लगायतका क्षेत्रबाट पूर्वी नेपालमा घुम्न आउने तथा नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचार प्रसार र सहजिकरण गर्न सके तेस्रो मुलुकका पर्यटकबाट दुवै देश लाभान्वित हुने बताउनु भयो ।

बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले समेत क्रस बोर्डर पर्यटनलाई जोड दिँदै नेपाल भारत सिमा  क्षेत्रमा विभिन्न मार्टहरु आयोजना गरेको जानकारी दिँदै छलफल तथा अन्तरक्रिया र सहकार्यलाई जारी राख्नु पर्नेमा जोड दिनुभयो ।

इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएसन इथवाका अध्यक्ष देवासिश मिश्राले क्रसबोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुवै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेको बताए । यस्तै इथवाका महासचिव सन्दिपन घोषले सिलिगुडीमा आयोजना हुन लागेको बंगाल टार्वल मार्ट बीटिएम २०२४ मा नेपालको सहभागिताले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो ।

यो टोलीले काठमाडौं वरपरका चन्द्रगिरी, नगरकोट तथा पोखरा र चितवन लगायतका पर्यटकीय स्थलको भ्रमण तथा ती स्थानहरूमा व्यवसायीहरूसँग अन्तरक्रिया गरि फर्किने इथवाको साहसिक पर्यटन संयोजक डा. दाबा शेर्पाले जानकारी दिनुभयो । गतवर्ष नेपालको कोशी प्रदेश नाटा र भारतको पश्चिम बङ्गालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच गतवर्ष झापामा सम्झौतामा हस्ताक्षर समेत भएको थियो । सोही अनुरूप पर्यटन बोर्डको पहलमा भारतीय पर्यटन व्यवसायीहरूको टोली नेपाल आएको हो । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार