29.1 C
Kathmandu

शेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) मा गुरु न्यौपाने विशेष अदालतबाट दोषी ठहर

काठमाडौं । शेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धिकरणको अभियोगमा दोषी ठहर भएका छन् । उनीमाथि हुने सजाय निर्धारण गरी बिगो र जरिवाना तोक्नका लागि विशेष अदालतले चैत १५ गते पेश गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई शेयरको भित्री कारोबारमा दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा एक करोड ९९ लाख रुपैयाँ बिगो माग दावी गर्दै गत २३ कात्तिकमा न्यौपाने विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले दोषी ठहर भएका न्यौपानेले त्यसबाट आर्जन गरेको रकम समेत अवैध हुने ठहर गरेको छ ।

न्यौपानले अध्यक्ष रहेको समयमा २०७८ जेठ ४ गते मा रिडी पावरले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडी पावरको शेयर किनेका थिए । न्यौपानेले २०७७ चैत १७ देखि २०७८ साउन २४ सम्म रिडी हाइड्रोपावरको शेयर १४ पटक खरिद र १२ पटक बिक्री गरेका थिए ।

धितोपत्र बोर्डले भित्री कारोबारबिना खरिद बिक्रीको कामलाई संयोगमात्रै भन्न नसकिने निष्कर्ष दिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा न्यौपाने विरुद्ध एक करोड ९९ लाख रुपैयाँ बिगो माग दावी गर्दै गत २३ कात्तिकमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार