26.1 C
Kathmandu

चुनावी चर्चाले शेयर बजारमा उछाल, एक सातादेखि घटेको बजार एकैदिन बुम

काठमाडौं । नेपाली शेयर बजारमा चुनाबी चर्चाको असर देखिएको छ । चुनाव हुने हल्लासँगे अर्थतन्त्र चलायमान हुने भएकोले शेयर बजारमा पनि उछाल आएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंकले बढेको छ ।

गत साता डेढ सय अंक भन्दा बढीले घटेको शेयर बजार आइतबार भने पुनः बढ्न सुरु गरेको छ । आइतबार शेयर देखिएको सबै समूहहरूको सूचक हरियालीले लगानीकर्तालाई उत्साह दिएको छ । नेप्से परिसूचक आइतबार ३.८० प्रतिशतले बढ्दा २८८५.५३ अंकमा पुगेको छ ।

गत साता २९ सय अंक माथि पुगेको शेयर बजार पुनः उकालो यात्रामा लाग्ने संकेत यो साताको पहिलो दिनको कारोबारले देखाएको छ । बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी कम्पनी, शिवश्री हाइड्रो र नेपाल इफ्रास्टक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको । यी चारवटै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बजार बढेको दिन मन्जुश्री फाइनान्स कम्पनीको ऋणपत्र ८५, एनआईसी एशिया सेलेक्ट फण्ड, मेगा म्यूचूअल फण्ड, सानिमा लार्ज क्यापिटलसहितकाले मात्रै गुमाएका छन् । आइतबार बढी गुमाउनेमा भने सबै ऋणपत्र तथा म्यूचुअल फण्ड मात्रै छन् ।
कारोबार भएको मध्ये सबैभन्दा बढी अपि पावर कम्पनीको २६ करोड १५ लाख रुपैयाँको र नेपाल टेलिकमको २३ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार २३१ कम्पनीको १ करोड २१ लाख कित्ता शेयरको ८१ हजार ७०६ पटक कारोबार भएको छ । यसबाट ६ अबए ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार