26.1 C
Kathmandu

नेपाल वायुसेवा निगम सुधार समितिले बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्व टोलीले बनाएको प्रतिवेदनमाथि बनाइएको अर्को प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइएको छ । पूर्व क्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सिफारिस समितिले तयार गरेको चार बुँदे प्रतिवेदन बिहिबार बुझाइएको हो ।

पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिले गत वर्ष मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन पूर्व क्याप्टेन लिम्बु नेतृत्वको अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दिपक काफ्ले र निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्तरूपमा बुझाएको हो।

पहिलो बुँदामा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रूपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर विक्री गर्ने रहेको छ। त्यसैगरी चौथो बुँदामा निगमको यथार्थपरक व्यवसायिक कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार