23.1 C
Kathmandu

व्यवसायिक वातावरण निर्माण गर्न व्यवसायीद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । निजी क्षेत्रका तीन वटै छाता संगठनले अर्थतन्त्र अझैपनि जोखिममा रहेको भन्दै व्यवसायिक वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले बाह्य क्षेत्र सुधार हुँदै गएपनि बजार चलायमान हुन नसक्दा अर्थतन्त्र अझैपनि जोखिममा रहेको भन्दै अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्ने माग राखेका हुन ।

उक्त अवसरमा व्यवसायीहरुले सरकार र अन्य नियामक निकायहरुको नीतिका कारण अर्थतन्त्रमा साना व्यवसायीबाट सुरु भएको समस्या बैंक वित्तीय संस्थामा पुगिसकेको भन्दै बैंक वित्तीय संस्थापछि यसको असर सरकारको राजस्वमा समेत परिरहेको तर्फ ध्यानाकर्षण गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रतिकूल रहेको भन्दै आयोजना निर्वाध रुपमा चलाउन नसकिएको बताए । उनले सरकार समस्या समाधानका लागि तप्पर हुनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले व्यवसायीहरुलाई निर्वाध काम गर्ने वतावरण हुनुपर्ने बताए । उनले अहिले यहाँ व्यवसायीहरु आतंकित भएको भन्दै यस्तो व्यवस्थामा सुधार आवश्यक रहेको बताए । अग्रवालले पूँजीगत लाभकरमा लाग्दै आएको दोहोरो कर हटाउनुपर्ने, धेरै निकायले निजी क्षेत्रलाई हेर्ने व्यवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको समेत स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रका बारे जानकारी लिन तिनै संस्थाका अध्यक्षलाई भेटघाटका लागि बालुवाटार बोलाएका थिए । भेटमा प्रधानमन्त्री दाहालले निजी क्षेत्रको सुझाव अनुरुप अर्थतन्त्र सुधारका लागि सरकारले पहल गर्ने बताएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार