23.1 C
Kathmandu

दामका आधारमा सरकारी नियुक्त हुन थालेको भन्दै सांसद खतिवडाको अपत्ति

काठमाडौँ । सरकारी नियुक्तिहरू कामका आधारमा नभएर दामका आधारमा हुन थालेको भन्दै संसद भित्रै आवाज उठेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले अहिले भइरहेका सरकारी नियुक्तिका सवालमा आपत्ति जनाएका हुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय मातहत सरकारी नियुक्ति, राजनीतिक नियुक्ति, विमान खरिद र होटेललाई तारे अनुमति दिने क्रममा व्यापक अनियमितता भइरहेको भन्दै सांसद खतिवडाले आपत्ति जनाए । सरकारले सुशासनको नाममा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामाजस्ता विवादित व्यक्तिलाई नियुक्त गरिएको भन्दै सांसद खतिवडाले आपत्ति जनाएका हुन् ।

उनले भने, सरकारले सुशासनको नाममा ल्हारक्याल लामाजस्ता मान्छेलाई नियुक्ति गरिएको छ लुम्बिनी विकास कोषमा गौतम बुद्ध शान्तिका दूत शान्तिका दूतको नाउँमा लकरमा गोली राख्ने व्यक्तिलाई नियुक्त गरेपछि देशको हालत के होला ? उनले कामका आधारमा नभएर दामका आधारमा नियुक्त हुन थालेको बताए ।

सांसद खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति विकास कोष, लुम्बिनी विकास कोष, नेपाल एयरलाइन्समा भएका नियुक्ति माथि प्रश्न उठाएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार