23.1 C
Kathmandu

लघुवित्तमा समस्या नै हो भने सम्बोधन गर्न तयार छौंः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तमा समस्या नै हो भने आफूहरू त्यसलाई सम्बोधन गर्न तयार रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित फिनटेक फ्राइडे नामक छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो भनाई राखेका हुन ।

लघुवित्त पीडित गुनासो सुन्ने निकायमा नआई सडकमा गएकोमा दुख लागेको बताउँदै गभर्नर अधिकारीले प्रक्रिया पुर्याएर गुनासो सम्बोधन गर्ने निकायमा जानुपर्ने बताए । उनले भने पीडित भनिएकाहरु राष्ट्र बैंकको गेटमा आएर पर्चा फ्याँकेर जान्छन् । यसले समस्याको समाधान हुँदैन ।

लघुवित्तहरूबाट कर्जा लिनेहरू नै आफूलाई पीडित भन्दै आन्दोलन गरिरहेको प्रति लक्षित गर्दै गभर्नर अधिकारीले यस्तो प्रबृतिले समस्या बल्झिएको बताए । उनले लघुवित्तको नयाँ मोडल सम्भव छ वा छैन त्यसका लागि के काम गर्न सकिन्छ भन्ने विषयमा आफूहरुले छलफल गरिरेहेको समेत बताए । उनले भने, राष्ट्र बैंकमा वित्तीय ग्राहक संरक्षण र गुनासो व्यवस्थापनका लागि छुट्टै इकाई रहेको छ । पीडित भनिएकाहरु सोमार्फत प्रक्रिया पुर्याएर आउनु पर्याे ।

लघुवित्त वित्तीय संस्थाका समस्याबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिले औंल्याएका सम्पूर्ण सुझाव आउँदो असार मसान्तसम्म कार्यान्वयनमा ल्याउने गभर्नर अधिकारीले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार