23.1 C
Kathmandu

आर्थिक पत्रकारितामा महिलाको उपस्थितिलाई संख्यात्मक मात्रै नभई गुणात्मक वृद्धि गर्नुपर्छः अग्रज पत्रकार

काठमाडौँ। नेपालको आर्थिक पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिति निकै कम रहेको अग्रज पत्रकारहरुले बताएका छन। महिला आर्थिक पत्रकार संघ(फेजा) र नविल बैंकको सहयोजनामा गत आईतबार काठमाडौँमा भएको नीतिगत छलफल कार्यक्रममा बोल्दै वक्ताको रुपमा रहेका अग्रज पत्रकारहरुले यस्तो बताएका हुन।

बैकिङ्ग अवस्था, चुनौती र आगामी कार्यदिशामा केन्द्रीत रहेर गरिएको नीतिगत बहस कार्यक्रममा ‘आर्थिक पत्रकारितामा महिलाः चुनौती र आगामी कार्यदिशाा’ शिर्षकमा सामूहिक छलफल तथा अन्र्तक्रीया गरिएको थियो ।

छलफलमा नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक आरती चन्दन र आर्थिक पत्रकार समाजका संस्थापक अध्यक्ष तथा बाह्रखरि डटकमका प्रधान सम्पादक प्रतिक प्रधान वक्ताको रुपमा रहेका थिए। यस कार्यक्रमको सहजकर्ताको रुपमा फेजाबाट उपाध्यक्ष पत्रकार रुपा घिमिरे रहेकी थिईन।

छलफलमा दुवै वक्ताहरुले विश्वमै आर्थिक पत्रकारितामा मात्रै नभई आर्थिक क्रियाकलापमा नै महिलाको उपस्थिति कम रहेको बताए। आर्थिक पत्रकारितामा संख्यात्मक र गुणात्मक दुवै रुपमा महिलाको उपस्थिति बलियो नभएको निचोड निकाल्दै गुणात्मक वृद्धिलाई प्राथमिकता दिनुपर्नेमा दुवैले जोड दिए।

प्रधान सम्पादक प्रधानले आर्थिक पत्रकारितामा पहिलाको उपस्थिति बाक्लै हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए। उनका अनुसार आर्थिक पत्रकारितामा मात्रै नभई अर्थसँग सम्बन्धित अन्य क्षेत्र व्यापार व्यावसाय, बैंक तथा वित्तीय संस्थामा पनि महिलाको उपस्थिति बढ्दो क्रममा रहेको छ। आर्थिक क्षेत्रमा महिलाको उपस्थिति विस्तारै भईरहेपनि हुनुपर्ने जति तिव्र गतिमा नभएको जनाए।

आजको दिनसम्म आउँदा समयमा तलब नपाईने, सुविधा नहुने जस्ता कुराहरुले गर्दा पत्रकारितामा भविष्य नै नदेख्ने र महिलाहरु आउनै नचाहेको अवस्था पनि रहेको उनको भनाई छ। साथै केही मात्रामा महिलाहरु पत्रकारितामा आईहालेपनि उनीहरु आफै पनि आर्थिक विद्या सुरुमै रोज्न हिचकिचाउने र मिडिया हाउसले पनि सामाजिक विषयवस्तुसँग सम्बिन्धत विधा छुट्टाईदिने गरेको अवस्था रहेको छ।

उनले भने, ‘आज आर्थिक महिला पत्रकारले छुट्टै संस्था सञ्चालन गर्ने अवस्थामा आईपुगेछौँ। जबकी हामीहरुले सेजनको सुरुवात गर्ने समयमा ७ जना महिला पुर्याउन गाह्रो भएको थियो।’

यद्यपी पनि महिलाहरु अहिले जुन उच्च पदमा हुनुपर्ने हो, जुन किसिमको रिपोर्टिङ महिलाबाट आउनुपर्ने थियो। जस्तो प्रस्तुति आर्थिक पत्रकारितामा महिलाको हुनुपर्ने थियो। त्यो नभएको प्रधानले बताए।

नायव महाप्रबन्धक चन्दनले नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार नेपालको पत्रकारितमा महिला पत्रकारको हिस्सा १० प्रतिशत पनि नपुगेको र त्यो तथ्यांक वास्तविक भन्दा धेरै पर रहेको बताइन। महासंघको नियम अनुसार रकम तिरेर सदस्यता लिनेको मात्रै तथ्यांक उल्लेख रहेको हुँदा त्यो वास्तविक तथ्य मान्न सकिने अवस्था भने छैन।

साथै केही समय अगाडी सञ्चारिकाले निकालेको तथ्यांक अनुसार महिला पत्रकारिताको संख्या २५ प्रतिशत पुगेको जानकारी गराईन् सञ्चारिकाको अध्ययन रिपोर्टमा इलेक्ट्रोनिक मिडिया बढेसँगै महिलाको सहभागिता बढेको निष्कर्ष रहेको बताइन।
नेपालको अवस्थालाई उदृत गर्दैगर्दा विश्वको परिवेशलाई पनि नियाल्नुपर्ने उनको भनाई छ। अमेरिकामा आर्थिक महिला पत्रकार ३८ प्रतिशत रहेको र भारतमा पछिल्लो १० वर्षलाई तुलना गर्दा ३ प्रतिशतले घट्दो अवस्थामा रहेको अध्ययनले देखाएको जानकारी गराईन् ।

रोयटर्सको एक रिपोर्ट अनुसार पत्रपत्रिकामा महिलाहरुको बाईलाइन ३७ प्रतिशत देखिएको छ। तर, हुन त यो राम्रो हो तर जहाँ ५० प्रतिशत भन्दा बढी महिला हुनुहुन्छ। त्यो उपस्थितिलाई सत प्रतिशत मानेर हेर्ने हो भने त यो भनेको निकै कम हो। रोयर्टस जस्तो संस्थामा आबद्ध भएका पत्रकारमा पनि महिलाको हिस्सा ३७ नाघ्न सकेको छैन।’ उनले भनिन् ‘त्यसकै अर्काे अध्ययनले के देखाउँछ भने सुन्दरता, खाना, सामाजिक, महिला जस्ता विद्यामा महिलाको बाईलाईन ७० प्रतिशतको हाराहारीमा पुग्छ।’ राम्रो पत्रकारिता गर्नेहरुकै सूचिमा पनि आर्थिकमा कम र अन्यमा बढी भएको उनले बताईन।

त्यस्तै एक संस्थाले २ सयवटा आउटलेटहरु सर्वेक्षण गर्दा ३० प्रतिशत संस्थामा महिला सम्पादक भएर नेतृत्व रहेको देखिएको जानकारी गराउँदै जापानमा कुनै पनि मिडियामा महिला सम्पादक नरहेको देखिएको बताईन। उक्त अध्ययन अनुसार नर्वे तथा साउथ अफ्रीकाजस्ता देशमा बाक्लो उपस्थिति पनि देखिएको जानकारी गराईन। यसरी आर्थिक सूचकमा अगाडी रहेका देशहरुमा महिलाको उपस्थिति कम भएको बताईन।

साथै महिला आफै पनि र नेतृत्व तहले आर्थिक पत्रकारितामा महिलाको अस्तित्वलाई स्वीकार गर्न हिचकिचाउने तथा अन्य विविध कारणले उपस्थिति कम भएको उनले बताईन।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार