23.1 C
Kathmandu

निक्षेप नै फिर्ता गर्न नसक्ने गरी कुनै पनि बैंकमा समस्या छैनन्ः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप नै फिर्ता गर्न नसक्ने गरी कुनै पनि बैंकमा समस्या नरहेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाविरुद्ध केही व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै बैंकले सूचना जारी गर्दै यस्ता भ्रामक अभिव्यक्ति र दुस्प्रचारको पछि नलाग्नेसमेत आग्रह गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६१ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको निक्षेप छ । ५० खर्ब ८५ अर्ब मात्रै कर्जाका रुपमा गएको छ । जसले गर्दा अहिले बैंकहरुको कर्जा निक्षप अनुपात ८०.१३ छ । जबकि बैंकहरुले ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् । यति बलियो अवस्था हुँदाहुँदै बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले जारी गरेको सूचना अनुसार पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको पुँजीकोष, कर्जा निक्षेप अनुपात र तरलताका परिसूचक सकारात्मक रहेका छन् । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको बैंकले जनाएको छ । यसका साथै राष्ट्र बैंकले बैंकहरुबाट कर्जाबापत जाने रकमभन्दा निक्षेप बढेको छ । पर्याप्त तरलता रहेकाले बचतकर्ताको रकम सहजै सबै बैंकबाट फिर्ता हुन सक्ने अवस्था रहेको दाबी गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार